चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

रुकुमबाट अर्थमन्त्री जनार्दन शर्माले उम्मेदवारी दर्ता गराए



काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् ।

अर्थमन्त्री शर्मा उम्मेदवारी दर्ताको लागि हिजै जिल्ला गएको बुझिएको छ ।

यस्तै प्रदेशसभा –१ को लागि महेन्द्र केसी र प्रदेशसभा–२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ५३ बजे