बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

नायिका रेखा थापाले पनि गरिन् राप्रपाबाट मनोनयन दर्ता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रेखा थापाले मोरङको क्षेत्र नं। ३ बाट उम्मेदवारीको मनोनयन दर्ता गराएकी छिन् । मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्मा उम्मेदवार बनाएको छ । त्यस्तै, एमालेबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले टिकट पाएका छन् ।

राप्रपा नेतृ थापा केही समयअघि देखि नै चुनावी अभियानमा होमिएकी थिइन् । उम्मेदवारी दर्ता गराएपछि थापाले भनेकी छिन्, ‘यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफूलाई उभ्याउने छु ।’

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ०८ बजे