बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

काठमाडौैं निर्वाचन क्षेत्र नम्बर ७ को टिकट मानुषी यमी भट्टराईलाई



काठमाडौँ । माओवादी केन्द्रले काठमाडौैं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा सदस्यको टिकट मानुषी यमी भट्टराईले दिएको छ । नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य रहेकी मानुषीले काठमाडौं ७ बाट टिकट पाएकी छन् । माओवादी केन्द्र र नेसपार्टीले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषीलाई माओवादीले काठमाडौं ७ बाट उम्मेदवार बनाएको हो ।

भट्टराई पक्षका महिन्द्रराय यादवलाई माओवादीले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । नेसपामा रहेका मानुषी र महिन्द्रले टिकट पाएका निर्वाचन क्षेत्र सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

मानुषीले आफूले टिकट लिइसकेको र उम्मेदवारी दर्ताको तयारीमा रहेको बताइन् । उनले यसअघि घरदैलो कार्यक्रमसहित चुनाव प्रचारप्रसार सुरु गरिसकेकी थिइन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने आफू निर्वाचनमा भाग नलिने बताइसकेका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित भएका उनले यसपटक संसदीय राजनीतिमा सहभागी नहुने बताएका हुन् । उक्त क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनाव लड्ने भएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ४१ बजे