बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

एमाले नेता पाण्डेलाई मातृशोक



काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
उनीहरूको ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन् । मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : १८ बजे