चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गठबन्धनको सिट बाँडफाँट : १ सय ६० सिटमा सहमति



काठमाडौं ।सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्।

सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो।

सूची अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ(१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ।

माओवादी केन्द्रले उपत्यकामा काठमाडौ २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ।

प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ।

एकीकृत समाजवादीले इलाम १, रौतहट १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १ अछाम(१, बझाङ र डोटी पाएको छ। धादिङ १ र बारा ४ मा माओवादीको पनि दाबी छ। अन्य सबै मिलेको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : १० बजे