मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

दसैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने



काठमाडौं । घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो ।

घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ ।

बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । न्यायाधीशहरूले दिन अनुसार पालैपालो बन्दी प्रत्यक्षीकरणको रिट हेर्नेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ३९ बजे