बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

उपमेयर डंगोलको नेतृत्वमा आजदेखि महानगरको पर्वलक्षित बजार अनुगमन



काठमाडौं। काठमाडौं महानगरपालिकाले आज असोज ११ गते मंगलबारदेखि पर्वलक्षित बजार अनुगमन गर्ने भएको छ । महानगरले जनाए अनुसार आज मंगलबार बिहान ८ बजेदेखि नै बजार अनुगमनको कार्य प्रारम्भ हुनेछ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार बिहान काठमाडौंको प्रदर्शनी मार्गस्थित टुकुचा खसी बजारबाट बजार अनुगमनको थालनी हुनेछ । उपप्रमुख डंगोलको नेतृत्वमा तीन वटा समुह बजार अनुगमनका लागि परिचालित हुने बताइएको छ ।

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ३६ बजे