बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै संगठनले यस्तो बताएको हो । अब सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने भएका छन् । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ ।

सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत सोही बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनि मन्त्रीस्तरीय निर्णय भएको समेत जानकारी दिएको छ ।

संगठनका अध्यक्ष सुदेश पराजुलीले पत्रकार सम्मेलनमा बोल्दै सरकारी, सामुदायिक विद्यालयत तथा क्याम्पसका विद्यार्थीहरुलाई सरकारी अस्पतालहरुमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ०६ बजे