२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई मासिक भत्ता दिने



काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ४४ बजे