चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।

आइतबार राष्ट्रपति कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले भनेको छ ः

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९र५र१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९र५र२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९र५र२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ४७ बजे