बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी भगलु राइन रहेनन्



कमलबहादुर बोहरा
काठमाडौं । धनुषा जिल्लाको जनकपुर निवासी भगलु राइनको दुःखद् निधन भएको छ । शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी राइन सरको उपचाका क्रममा ग्रान्डी अस्पताल काठमाडौंमा निधन भएको हो । उनले कैलाली जिल्लाको विकट ठाउँमा रहेर शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका छन् ।

२०५० सालदेखि कैलाली जिल्ला शिक्षा कार्यालयअन्तर्गत बढीगाउँ स्रोत केन्द्रमा स्रोतव्यक्तिका रुपमा काम गरी सुगरखाल र पणडौन मोहन्यालमा रहेर शिक्षा क्षेत्रमा योगदान गरेका हुन् । राइनले सुगरखालमा रहेका १२ वटा विद्यालयमा १५ वटा नयाँ विद्यालय थपगरी २७ वटा विद्यालय संख्या पु-याएको थिए ।

२०५० सालदेखि सुगरखाल र पणडौन मोहन्यालमा रहेर शिक्षा क्षेत्रमा योगदान गर्दै आएका राइन सरको २०७१ सेवानिवृत्त भएको थियो । मिलनसार, कर्तव्यनिष्ठ, शिक्षाप्रेमी, समाजसेवी र वौद्धिक व्यक्तित्वले भरिपूर्ण राइन सरको दुःखद निधनले मोहन्यालवासी नागरिकहरु मर्माहत भएका छन् ।

उनले मोहन्यालको शिक्षा क्षेत्रमा पु-याएकोमा अतुलनीय योगदान सधैंका लागि स्मरणयोग्य रहने छ । शिक्षाप्रेमी, कर्तव्यनिष्ठ र समाजसेवी राइन सरको आत्मले स्वर्गमा वास पाओस् । स्व.राइन सरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  २ : २३ बजे