बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि राजेन्द्र महतोको सालो पक्राउ



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई गाली ग्लौज गरेपछी पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतोको सालोसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई दिउँसै रक्सी खाई गाउँकार्यपालिकाको बैठक स्थलमा पुगेर जनप्रतिनिधि तथा कर्मचारीहरुमाथि गाली गलौज तथा अशब्द प्रयोग गरेको आरोपमा इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महेन्द्र महतोको आफनै सालो हरिनायण महतो सुडी, सञ्जित यादवलगायतका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

सुडी दिउँसै रक्सी खाएर अपरान्ह गाउँकार्यपालिकाको बैठक छेउमा गएर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई गाली ग्लौज तथा अशब्द प्रयोग गरेको प्रत्यक्षदर्शी देन कुमार महतोले जानकारी दिए ।

चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको बैठकमा रक्सी खाएर कर्मचारी तथा जनप्रनिधिलाई हात–पात गर्ने उद्देश्यले हुल बाँधेर गएको राजेन्द्र महतो सुडीको आफनै सालो र उपेन्द्र महतो सुडीको आफनै मामा हरिनारायण महतो सुडीले कर्मचारी तथा जनप्रनिधिलाई गाली गलौज तथा अपशब्द प्रयोग गरेको उनको भनाइ थियो ।

गएको स्थानिय तहको चुनावमा राजेन्द्र महतोका जेठो दाई महिन्द्र महतो भारी मत अन्तरले पराजित भएपछि उनीहरुको ४५ वर्षदेखिको राणा शासन अन्त्य भएको थियो । समाजिक अभियन्ता तथा युवा नेता राजकुमार महतोसँग भारी मतअन्तरले विजयी भएपछि सुडिले लज्जास्पद हार खनुपरेको थियो ।

त्यसको रिसइबी पूर्व गापा अध्यक्ष महेन्द्र महतो सुडीको सालो हरिनारायणले गाउँपालिकामा आएर कर्मचारी तथा जनप्रनिधिमाथि गालीगलौज गरेको स्थानीय प्रत्यक्षदर्शी बताउछन् ।

गाउँसभाको बैठकमा हरिनारायण महतो सुडीको नेतृत्वमा ४०–५० जनाको जत्था आएको थियो । उनीहरु गाउँसभासमेत विथोल्न उद्देश्यले आएको प्रत्यक्षदर्शीले बताए । रक्सीले टिल्ल मातेका हरिनारायण सुडीले गाउँपालिकामा ताला लगाउने, प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने र गाउँ कार्यपालिका सदस्यहरुलाई गालीगलौज गरेका थिए ।

‘लोकतान्त्रिक विधि र कानुनी राज्यमा आफ्ना कुरा सभ्य रुपमा राख्ने अधिकार हुन्छ । त्यसमा चित नबुझे कानुनी बाटो खोज्ने ठाउँ छन् । त्यो बाटोतिर नलागेर सांसद राजेन्द्र महतो र उपेन्द्र महतोको आडमा रक्सीले मातेर सार्वजनिक बैठकमा गाली गलौज तथा अभ्रद व्यवाहार गर्न खोज्नु कानुनी राज्यको खिल्ली उडाउनु हो,’ चेतनारायण मुखिया विनले बताए ।

कानुन मिच्ने अधिकार कसैलाई पनि नभएकाले गल्ती गर्ने सुडीलाई कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ । यसरी जनप्रनिधि र कर्मचारीलाई गाली गलौज तथा अभद्र व्यवाहार गर्ने हरिनारायण सुडीलाई इलाका प्रहरी केशरगन्जको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४८ बजे