बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

एमाले अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई अरिगांल बन्न निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई अरिगांल बन्न फेरी निर्देशन दिएका छन् ।

युवा संघको कार्यक्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिगांल भएर खनिन निर्देशन दिएका हन् ।

‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने रु हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिगांल भएर ध्वस्त पार्नैपर्छ ।’ अध्यक्ष ओलीले भने ।

उनले पछिल्लो प्रविधिको प्रयोग गर्न र जिउँदो युवा बन्न युवा संघलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ३७ बजे