बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

नेपाली कांग्रेसद्वारा घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव माग



काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । कांग्रेसले शुक्रवार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि तयार पारिँदै गरेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव माग गरेको जारी सूचना उल्लेख छ ।

कांग्रेसद्वारा जारी सूचनामा ‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत पार्टीका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने छन् । उक्त कुरा घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीले जनाएका हुन्।

उनका अनुसार ह्वाट्स एप, भाइबर, इमो, आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकलगायतका माध्यमबाट आफ्नो सुझाव पठाउन सकिने छ । सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट प्राप्त सर्वसाधारणको उपयुक्त सुझावलाई समितिको अलग टिमले संकलन गरेर घोषणापत्रमा समेट्ने कांग्रेसद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ५६ बजे