बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

भीमफेदी बस दुर्घटना : मृत्तकको संख्या सात पुग्यो, १८ जना घाइते



हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो ।

एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १८ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ५ : ५१ बजे