चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेपाल पत्रकार महासंघद्वारा संविधानको अक्षरशः पालना गर्न सबैलाई सुझाव



काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षलाई संवैधानिक व्यवस्थाको पालना गर्न सुझाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । जारी वज्ञतिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सधैँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : १७ बजे