बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

प्रतिनिधि सभा क्षेत्र बाँडफाँट : १२७ सिटमा सहमति, ३८ मा बाँकी



काठमाडौँ । सत्तारुढ दलहरूबिच प्रतिनिधि सभा क्षेत्र बाँडफाँटको विषय अझै टुङ्गिएको छैन ।

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने जमर्को गरिरहेको गठबन्धनले अझैसम्म टुङ्ग्याउन सकेको छैन । सिट बाँडफाँट गर्न बनेको कार्यदलले अपुरो प्रतिवेदन यसअघि नै शीर्षस्थ नेताहरूलाई बुझाइसकेको छ ।

आज पनि गठबन्धनको बैठक बसेको थियो । आजसम्मको बैठकले १२७ सिटमा सहमति जुटाएको छ भने ३८ सिटमा सहमति जुट्न बाँकी रहेको छ ।

छलफलमा सहभागी ती सदस्यका अनुसार सहमति जुटेकामध्ये नेपाली कांग्रेस ६५, माओवादी केन्द्र ४०, एकीकृत समाजवादी १२, जनता समाजवादी पार्टी (जसपा) ९ र राष्ट्रिय जनमोर्चाको १ क्षेत्र छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : २६ बजे