बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

संस्थापन समूह र कोइराला समूहको अलग–अलग समानुपातिक बन्दसूची



काठमाडौं । समानुपातिक उम्मेदवारको बिषयमा नेपाली कांग्रेसमा गम्भिर विवाद भएको छ । समानुपातिक उम्मेदवारको बिषयमा संस्थापन समूह र इतर समूहविच सहमति नभएपछि निर्वाचन आयोगमा दुबै समूहले आ–आफ्नो समानुपातिक उम्मेदवारको दुईवटा बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाएका थिए । सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको सूची महामन्त्री शर्माले बुझाएका हुन् । संस्थापन समूहको सूचीबाट आक्रोशित बनेको शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको निर्वाचन आयोग स्रोतको भनाई छ ।

संस्थापन समूह र कोइराला समूहको अलग–अलग समानुपातिक बन्दसूची आयोगमा पुगेपछि सहमतिको साथ सच्चाउनका लागि अर्का महामन्त्री गगन थापा सक्रिय रहेको कांग्रेस स्रोतको भनाई छ । बाहिर गलत सन्देश जाने भन्दै दुबै महामन्त्री थापा सक्रिय भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ४६ बजे