बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो



काठमाडौं ।एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।

कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ४७ बजे