बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

हिङमाङको ‘उठौ हामी सबै’ बोलको नयाँ गीत सार्वजनिक



काठमाडौं । ‘उठौ हामी सबै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको छ ।

थाहायात्रा युट्युव च्यानलमार्फत गत शुक्रवार सार्वजनिक भएको उक्त गीत त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको हो । गीतमा संगीत संयोजन शिवसङ्गम राईको रहेको छ । त्यसैगरी गीतमा पार्वती राई, शिवसंगम राई, मेनुका राई र राजकुमार हिङमाङको स्वर सजिएको छ । गीतको एरेन्ज/मिक्सको काम सुन्दर लामाले गरेका छन् ।

गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाती सबैलाई आव्हान गर्दै अन्याय, अत्याचार र व्यथितिबिरुद्ध सबै एकजुट हुन् जोड दिएको छ ।

यसको लागि सबै एक जुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिने गीतले भाव प्रकट गरेको छ । साथै गीतले संसारभरीका सबै श्रमजीवीहरुलाई आफ्नै व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि एकजुट हुन सुझाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ४२ बजे