चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

ई. केसीद्वारा मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता



काठमाडौं । विगत केही दिनदेखि माइतीघरमण्डलमा आन्दोलनरत पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम जारी छ । पछिल्लो समय मिटरब्याज पीडितहरुको आन्दोलन, धर्ना र असन भइरहेको छ । मान्छेलाई अप्ठ्यारामा पारेर मिटरब्याजमा पैसा लिनदिनको व्यापार पछिल्लो समय ह्वात्तै फस्टाएका छ ।

यसरी आन्दोलन, धर्ना र असन बसेका पीडितहरुलाई ऐक्यवद्धता जनाउन आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७, बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरु लागिपरेका छन् । नेपालको राष्ट्रिय झण्डासहित माइतीघर अनसनस्थानमा पुगेका केसीले पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाएका हुन् । उनले अनसनकर्तासँगै केहीबेर भुईमा बसेर पीडितको गुनासोसमेत सुनेका थिए ।

अष्ट्रेलियाबाट केही दिनअघि मात्र नेपाल आएका केसीले एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका थिए । यसरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरुको पक्षमा आफ्ना धारणा समेत राखेका थिए ।

मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै ई.केसीले उक्त समस्या उनीहरुको मात्रै नभएर पुरै नेपालीको समस्या भएको टिप्पणी गरे । यसको समाधान सरकारले तत्काल गर्नुपर्ने उनको भनाइ थियो ।

उनले सरकारले माग पुरा नगरेर किसानहरुलाई दोस्रोपटक सडकमा आउन बाध्य पारेको भन्दै उनले भने,“राज्यलाई किसानको समस्या थाहा हुँदाहुँदै पनि मौन बसेको छ ।” यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । सम्पूर्ण राजनीतिक दलहरुलाई मिटरब्याजी पीडितहरुको समस्या बुझेर सहयोग गर्न समेत उनले आग्रह गरे । केसीले आगामी निर्वाचनमा असल नेतृत्वलाई छानेर देश निर्माणमा सहयोग गर्न मनदातासँग आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : २८ बजे