बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने



काठमाडौं । काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ।

काठमाडौं महानगरपालिकाले आज (असोज १ गते) देखि यदि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारवाही गर्ने चेतावनीसहित निषेध गरेको हो ।

सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ४७ बजे