जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

सर्जक बुद्धिमान परियारको ‘जननेता मदन भण्डारी’ नामक गीत आउँदै



कमलबहादुर बोहरा

काठमाडौ। राजनीतिक विश्लेषक तथा सर्जक बुद्धिमान परियारको ‘जननेता मदन भण्डारी’ नामक गीत सार्वजनिक हुने भएको छ ।
नेकपा एमाले प्रदेश नम्बर १ का प्रदेस सदस्यसमेत रहेका परियारका यसअघि पनि धेरै गीत, कविता र लेखहरु विभिन्न पत्रपत्रिका, अनलाइनहरुमा प्रकाशित भैसकेका छन् ।

परियारले भण्डारीको नेकपा एमालेभित्र ठूलो योगदान, संघर्ष र बलिदानी रहेको कुराको कदर गर्दै यो गीत तयार पारेको बताएका छन् । गीतमा चर्चित गायक शिशिर योगि र गायिका कोमल ओलिले स्वर पस्किएका छन् । त्यसैगरी गीतमा शिव गौतमले संगीत भरेका छन् । गीतमा आरबी खातीको एरेन्ज रहेको छ । गीतको रेकर्डिङ भने डीबी स्टुडियोबाट भएको थियो ।

गीतको म्युजिक भिडियो निर्देशन पनि संगीतकार शिव गौतम र जसु याक्खाले गरेका हुन् । गीतको भिडियोमा सुमन कार्की, सारिका प्रसाईं, किसन सेवन, शिवप्रसाद पौडेल, इन्दिरा पौडेल बरालको दमदार अभिनय रहेको छ । गीतको छायांकन भने दिपेन बस्न्यात र रेशम दर्लामी मगरले गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे