बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

शासक होइन, जनताको सेवक भएर काम गर्न चाहन्छु : देवकोटा



चक्रबहादुर देवकोटा, युवा नेता नेपाली कांग्रेस, सल्यान

नेविसंघ र तरुण दलबाट खारिएका स्थापित युवा नेता हुन् चक्रबहादुर देवकोटा । सल्यायनमा जन्मिएका देवकोटा नेविसंघ, तरुण दलहुँदै नेपाली कांग्रेस सल्यानको उपसभापति निर्वाचित छन् । पार्टी संगठनप्रति सधैं दत्तचित्त उनी इमानदार नेता र स्पष्ट वक्ताका भनेर चिनिन्छन् । दलित, उत्पीडित र आवाजविहीनहरुको आवाज बुलन्द गर्न रत्तिभर नडमगाउने देवकोटा हक्की स्वभावका नेता मानिन्छन् । सालिन व्यक्तित्व, कुशल संगठक र स्वच्छ छविका उनी राजनीतिलाई पेशा होइन, सेवा ठान्दछन् । माओवादीद्वन्द्वका बेला कांग्रेस कार्यकर्ता भएकै कारण विस्थापित हुन वाध्य देवकोटा आपूmलाई जनताको शाशक होइन, सेवक भन्न रुचाउँछन् । उनै युवा नेता देवकोटासँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

सल्याउनमा तपाईंको उम्मेदवारी संघ कि प्रदेशमा ?
मेरो उम्मेदवारी सल्यानको प्रदेश ‘ख’ बाट हो । मलाई नेपाली कांग्रेस सल्यानले सिफारिस गरेको छ । नेपाली कांग्रेस सल्यानले हामी तीन जनालाई सिफारिस गरेको छ प्रदेश ‘ख’ मा । त्यसमा म सबैभन्दा सिनियर, पार्टीमा लामो योगदान गरेको, संगठनको कामको सिलसिलामा धेरै दुःखपाएको व्यक्ति हुँ ।

नेपाली कांग्रेसले सल्यानमा तपाईंलाई नै सांसदको टिकट दिनुपर्ने के काम गर्नुभएको छ ?
नेपाली कांग्रेस सल्यानले म लगायत तीनजनाको नाम सिफारिस गरेको छ प्रदेश ‘ख’को लागि । ती सिफारिस भएका तीनजनामध्ये म सिनियर जस्तो लाग्छ । म धेरै लामो समयदेखि नेपाली कांग्रेसमा कुनै लाभको पद नपाउँदा पनि लागिपरेको छु । मैले सल्यानमा नेविसंघको सचिव, उपाध्यक्ष र अध्यक्षसमेत भएर काम गरिसकेको छु । त्यसैगरी नेपाल तरुण दलको उपाध्यक्ष र जिल्ला अध्यक्ष भएरपनि काम गरिसकेको छु । त्यस्तै १२ र १३ औं महाधिवेशनमा जिल्ला सचिव र १४ औं महाधिवेशनमा आएर नेपाली कांग्रेस सल्यानको उपसभापति पदमा निर्वाचित छु । पार्टी संगठनमा पटक–पटक विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेँ । तर, अहिलेसम्म जनप्रतिनिधि भएर जनताको सेवा गर्ने अवसर पाएको छैन ।

माओवादी द्वन्द्वकालमा कांग्रेस भएर काम गर्न सल्याउनमा कत्तिको डरलाग्दो अवस्था थियो ?
माओवादी द्वन्द्वकालमा झन्डै ८ वर्ष जिल्लाबाट विस्थापित भएर बसेँ । जतिबेला नेपाली कांग्रेस सल्यानलाई समस्या थियो त्यतिबेला मैले संघर्ष गर्दै पार्टी संगठन बचाएर राखेको थिएँ । जति बेला म नेविसंघ सल्यानको अध्यक्ष थिएँ । त्यतिबेला माओवादी जनयुद्ध सुरु भएको थियो । २०५७ सालसम्म नेपाल विद्यार्थी संघमा रहेर काम गरेँ । त्यसपछि माओवादीको जगजगीले नेपाली कांग्रेसका कुनै नेता, कार्यकर्ता जिल्लामा बस्न नसक्ने बेलामा नेपाल तरुण दलको अध्यक्ष भएर काम गरेँ । जति बेला माओवादीको जगजगी थियो । कांग्रेसका कुनै पनि नेता, कार्यकर्ता जिल्लामा बस्ने वतावरण थिएन । त्यस्तो अवस्थामा पनि तरुण दलको संगठनलाई चुस्त, दुरुस्त बनाएको थिएँ । यसरी पार्टीलाई आवश्यक र समस्या परेका बेला जस्तैसुकै प्रतिकुल अवस्थालाई पार गरेर सल्यानमा कांग्रेस संगठनलाई जीवन्त बनाउन सक्रिय भूमिका निर्वाह गरेकाले पनि मलाई यसपटक पार्टीले न्याय गरेर टिकट दिन्छ भन्नेमा ढुक्क छु ।

यसअघिका निर्वाचनमा सल्यानबाट तपाईंको नाम सिफारिस भएको थिएन ?
यसअघिको निर्वाचनमा समानुपातिकतर्पm सिफारिस भएको थिएँ । पार्टी निकै न्यून सिटमा विजयी भएकाले सांसद सिफारिस हुन सकिएन । अहिले प्रत्यक्षमा सिफारिस भएको छु । यसपालि मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु ।

तपाईंले चुनाव जित्ने आधार के ?
मलाई पार्टीले विश्वास गरेर टिकट दिएकोखण्डमा मैले चुनाव जित्ने आधारहरु धेरै छन् । पहिलो अहिलेसम्म म राजनीतिक रुपले कुनै पनि लाभको पदमा बसेको छुइन । पार्टी संगठनको कुरा गर्नुपर्दा चक्र देवकोटाले टिकट पाएदेखि चुनाव जित्न सजिलो हुन्छ भन्ने सल्यानका आमकार्यकर्ताको भनाइ छ । पुराना अग्रज नेताहरु पनि मैले टिकट पाएको खण्डमा खुशी नै हुनुहुन्छ । पार्टी संगठनको लागि मैले जुन रुपमा काम गरेको छु । त्यसको आधारमा मलाई त्यहाँ नेता, कार्यकर्ताले राम्रोसँग रुचाउनुभएको छ । त्यसकारण पनि एउटा पीडित मान्छे हो, केही गर्न खोज्ने मान्छे हो भन्ने सबैमा छ ।

कांग्रेसमा टिकटको मारामार छ अनि तपाईंलाई सबैले सहयोग गर्छन् भनेर कसरी ग्यारेन्टी गर्ने ?
सिफारिस हुने तीनजनामध्ये म अब्बल हुँ भन्ने लाग्छ । मैले टिकट पाएँ भने त्यहाँका अग्रज नेता, कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज, भ्रातृ, मातृ, शुभेच्छुक संघ, संस्था सबै एकढिक्का भएर लाग्छन् । मैले टिकट पाउँदा पार्टीमा लामो योगदान गरेको, संकटका बेला कांग्रेस संगठनलाई जीवन्त बनाइराख्न लागेको मान्छे चक्र देवकोटा हो भन्नेमा सबै सल्यानवासीहरु छन् । त्यसैले पनि मलाई चुनाव जित्न सल्यानमा कुनै समस्या छैन ।

तपाईंले त सल्याउन कांग्रेसमा विद्रोह गर्नुभयो भन्ने आरोप छ नि ?
नाम सिफारिसका सन्दर्भमा सभापतिजी विधि र विधानलाई नाघेर जान खोज्नुभयो । कांग्रेसको विधि, विधान र पद्धतिलाई पालना खोज्दा सभापतिजीसँग केही मनमोटाव भएको हो । खासगरी उम्मेदवारको नाम सिफारिस गर्ने अधिकार प्रदेश सभालाई थियो । जिल्ला कार्यसमितिलाई नाम सिफारिस गर्ने अधिकारै छैन । तर, सभापतिजीले विधि र विधानमा नै नभएको अधिकार ल्याएर हस्तक्षेप गरेपछि विवाद सिर्जना भएको हो । सभापतिजीले विधान नाघेर मनमौजी गर्न थालेपछि मेरो अध्यक्षतामा बहुमत कार्यसमिति बसेर प्रदेशले गरेको सिफारिस नै आधिकारिक हो भनेर निर्णय गरेका हौं । जिल्ला कार्यसमितिलाई नाम सिफारिस गर्ने अधिकार छैन । प्रदेशले गर्ने हो सभापतिजीले प्रदेशले गरेको सिफारिसलाई लत्याएर आफूखसी गर्न खोज्नुभएको थियो । त्यसलाई हामीले नमानेर मेरो अध्यक्षतामा बहुमत कार्यसमिति साथीहरु बसेर प्रदेशले गरेको सिफारिसलाई आधिकारिक हो भनेर निर्णय गरेका हौं ।

सभापतिले भनेको नमानेर आफ्नो नाम आपैmले सिफारिस गर्नुभयो रे नि ?
उम्मेदवारको नाम सिफारिस जिल्लाले गर्ने होइन । प्रदेशले गरेको सिफारिसमा खाली राय मात्रै लेख्ने हो । सिफारिस गर्ने प्रदेश सभाले हो । अनि अधिकारै नभएको कुरामा कहाँ मेरो अध्यक्षतामा बसेको कार्यसमितिले नाम सिफारिस गर्नु ? त्यो गलत हल्ला मात्रै हो । हामीले खाली प्रदेशले गरेको सिफारिस नै सही हो भनेर जोड दिएका मात्रै हौं । सभापतिजीले प्रदेशले गरेको सिफारिस नमानिसकेपछि मेरो अध्यक्षतामा बहुमत जिल्ला कार्यसमिति बसेर प्रदेशबाट आएको सिफारिसलाई आधिकारिक मान्यता दिएर केन्द्रमा पठाएका हौं ।

त्यसरी विवाद भइसकेपछि तपाईंलाई टिकट पाउन सभापतिबाट असहयोग हुँदैन ?
मेरो टिकट काट्न सभापतिजीको कुनै अधिकारै छैन । अब त्यो केन्द्रको कुरा हो उहाँको त्यसमा कुनै हातै छैन । उहाँले नेपाली कांग्रेसको विधान र विधिभन्दा बाहिर जान मिल्दैन । त्यो विधान र विधिभन्दा बाहिर जान हामीलाई पनि मिल्दैन ।

विधि र विधानलाई टेकेर बहुमतबाट निर्णय गराउनुभएको हो ?
हो । हाम्रो ५३ सदस्यीय जिल्ला कार्यसमितिमा ३३ जना जिल्ला कार्यसमिति साथीहरु बसेर पूर्ण बहुमतका आधारमा छलफल गरेर सिफारिस गरेका हौं । त्यसैगरी २७ जना महाधिवेशन प्रतिनिधिमा २२ जना हाम्रो पक्षमा हुनुहुन्छ । प्रदेश सभा ‘ख’ को हकमा अधिकांश साथीहरु झन्डै दुईतिहाई भन्दा बढी सदस्यहरुको उपस्थितिमा यो बैठक बसेर हामीले सिफारिस गरेका हौं । हाम्रो विवाद प्रदेश सभामा होइन । त्यसरी विवादै नभएको विषयलाई सभापतिजीले हस्तक्षेप गर्न खोज्नुभएको हो ।

विवाद त भयो नि अब चुनाव कसरी जित्ने ?
खासमा भन्ने हो भने यो विवादै होइन । एकदम निर्विवाद कुरालाई खाली सभापतिजीले विवाद निकाल्न खोज्नुभएको हो । यसलाई विवाद भन्न मिल्दैन । किन भने सभापतिजीले विधि, विधान, पद्धति र सिद्धान्तलाई ठाडै हस्तक्षेप गरेर अगाडि जान खोज्नुभएको थियो । हामीले त्यसलाई रोकेर पार्टीलाई विधि, विधानर सिद्धान्तमा जीवन्त बनाउन मात्रै खोजेका हौं ।

नेपाली कांग्रेसले तपाईंलाई टिकट दिन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
मैले टिकट पाउँछु भन्नेमा ढुक्क छु । पार्टीले यसपटक मलाई न्याय गर्ने छ । सिफारिस भएर आउनेमध्ये पनि म सबैभन्दा सिनियर, दुःख पाएको, कुनैपनि अवसरबाट बञ्चित र माओवादी द्वन्द्वकालमा कांग्रेस कार्यकर्ता भएबापत धेरै दुःख पाउनेमा पर्छु । त्यसकारण पनि यसपटक मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु ।

सल्यानमा नेपाली कांग्रेसले चुनाव जित्छ त ?
सल्यानमा नेपाली कांग्रेसले मजाले चुनाव जित्छ । गत स्थानीय निर्वाचनमा पनि तीनवटा नगरपालिका र सातवटा गाउँपालिका भएको जिल्लामा कांग्रेसले दुईवटा नगरपालिका, तीनवटा गाउँपालिका र एउटा नगरपालिकाको उपाध्यक्षसहितमा विजय हासिल गरेका छौं । त्यसको आधारमा पनि नेपाली कांग्रेसले सल्यानमा राम्रोसँग चुनाव जित्छ । हामी सिंगल नै लड्दा पनि चुनाव जित्न सक्ने अवस्थामा छौं  ।

गठबन्धन छ, संघ र प्रदेश दुवै कांग्रेसले पाउँछ त ?
गत स्थानीय निर्वाचनमा त हामीले गठबन्धन गरेनौं । त्यतिबेला पनि गठबन्धन गरेर जानुपर्छ भनेर केन्द्र र प्रदेशबाट दवाव थियो । तर, जिल्लाका नेता, कार्यकर्ता साथीहरुले गठबन्धन गर्नुहुँदैन हामी सिंगल चुनाव जित्न सक्छौं भन्ने दबाब भयो । त्यसै अनुरुप सिंगल लडेर हामीले राम्रो जित हात पारेका हौं ।

जनताले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने एजेन्डा के ?
जनताले कांग्रेसलाई भोट दिनुपर्ने एजेन्डाहरु धेरै छन् । सर्वप्रथम त सुशासनबिना विकास निर्माण सम्भव छैन । त्यसको लागि नेपाली कांग्रेसबाहेक अरुबाट सम्भव छैन । विकास निर्माणको लागि नेपाली कांग्रेस नै सवल र सक्षम पार्टी हो । मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणसहित विकास र समृद्धिको लागि नेपाली कांग्रेसको विकल्प छैन । सल्यानमा नेपाली कांग्रेस नेतृत्वमा हुँदा जेजति काम भएको त्यति काम अरु पार्टीबाट भएको छैन । विधि, विधान र लोकतान्त्रिक पद्धतिमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेस आवश्यक छ । मुलुकलाई अप्ठ्यारो पर्दा नेपाली कांग्रेसले नेतृत्व लिएर निकास दिएका धेरै उदाहरणहरु छन् । चाहे त्यो शान्तिप्रक्रियामा मुलुकलाई ल्याउँदा होस् अथवा संविधान सभाको निर्वाचन गराउन होस् या संविधान घोषणा गर्दा होस् जहिले पनि नेपाली कांग्रेसले अगुवाइ लिएको छ । त्यसकारण पनि जनताले नेपाली कांग्रेसलाई मत दिन्छन् भन्नेमा म ढुक्क छु ।

तपाईंको क्षेत्रमा यो गर्नैपर्ने भनेर खड्किएको काम के देख्नुभएको छ ?
गाउँघरमा खड्किएको विकासका कामहरु धेरै छन् । खासगरी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी पर्दछन् । पछिल्लो समय कच्ची बाटाहरु त धेरै बनेका छन् । त्यसलाई पिच गर्नुपर्ने छ । विद्यालयहरु धेरै छन् तर पठनपाठनमा गुणस्तरीयता छैन । गाउँमा बेमौसमे खेती धेरै हुन्छ । तर, बाटो अभावका कारण बजारसम्म पु¥याउन समस्या छ । ती कच्ची सडकहरुलाई पिच गर्नुपर्ने छ । जसको कारणले वर्षायाममा पनि बाटो सुचारु हुनेथियो । कतिपय ठाउँमा पुलपुलेसाको समस्या छन् । गुणस्तरीय, प्राविधिक तथा स्वरोजगारमुलक शिक्षाको आवश्यकता छ । जिल्लामा गुणस्तरीय प्राविधिक शिक्षालयहरु स्थापना गर्न सकियो भने स्थानीय युवाहरु व्यवसायी बन्ने छन् । त्यसमा जोड दिनुपर्ने देखिन्छ । यदि मैले टिकट पाएर साथीहरुले जिताउनुभयो भने यिनै विषयमा जोड दिने छु । त्यसपछि सल्याउनको प्रदेश सभा ‘ख’ले धेरै प्रगति गर्ने छ ।

अवसरको खोजीमा विदेसिने युवालाई स्वदेशमै रोक्न के गर्नुपर्ला ?
त्यसको व्यवसायिक शिक्षामा जोड दिनुपर्छ । देश, काल, परिस्थिति र भूगोलको आवश्यकतालाई मध्येनजर गरेर कार्ययोजना तय गर्नुपर्छ । त्यसको लागि कृषि उत्पादनलाई विशेष जोड दिनुपर्छ । किन भने नेपालमा उद्योग, धन्दाबाट सम्भव छैन । पछिल्लो समय कृषिजन्य उत्पादन पनि आयत गरिएको छ । त्यसलाई न्यूनिकरण गर्न पनि कृषि कार्यक्रमहरु ल्याउन जरुरी छ । खासगरी सल्यानको सन्दर्भमा भन्नुपर्दा पहिलो कृषि उत्पादन, दोस्रोमा पशुपालन र तेस्रो भनेको जडीबूटी हो । सल्यानमा धेरै बेमौसमे तरकारी पनि उत्पादन हुन्छन् । त्यसको लागि बजार व्यवस्था राम्रो छैन ।

त्यसमा ध्यान दिन जरुरी छ । कृषि उत्पादनको लागि उन्नत जातको मल, बीउ र सिंचाईंको व्यवस्था हुन जरुरी छ । खासगरी कृषकहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुको उचित मूल्य हुनुप¥यो । यहाँ विचौलियाले गर्दा किसानले उचित मूल्य पाएका छैनन् । लगानी र खर्च अनुसार उत्पादन नभएपछि किसानहरु निरास भएका हुन् । युवामा प्राविधिक, ज्ञान, सीप लगानीको वातावरण मिलाउने हो भने युवा जनशक्ति स्वदेशमै रहेर व्यवसाय सञ्चालन गर्दछन् । त्यसको वातावरण सरकारले मिलाउन जरुरी छ । यदि सल्यानमा मैले अवसर पाएँ भने युवामैत्री स्वरोजगारमुखी कार्यक्रम ल्याउने छु ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : १२ बजे