बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

श्री कालिका माध्यामिक विद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न



कमलबहादुर बोहरा

काठमाडौं । श्री कालिका माध्यामिक विद्यालयको २७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले गत भदौ २९ गते स्थापनाकालको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको हो । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६, अजिङ्गरेमा रहेको श्री कालिका माध्यामिक विद्यालय जिल्लाकै नमुना मानिन्छ ।

राष्ट्रिय बालदिवसको अवसरमा सम्पन्न विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयसँग सम्बन्धित सबै तह, तप्का, वर्ग समुदाय, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, व्यापारी, वुद्धिजीवी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाको उपस्थिति रहेको थियो । जिल्लाकै नमुना मानिएको यस श्री कालिका माध्यामिक विद्यालयलाई अझ सवल, सक्षम र उत्कृष्ट बनाउन आफूहरु लागिपरेको विद्यालयका प्रधानाध्यापक चक्र विष्टले स्पष्ट पारेका थिए ।

विष्टले मोहन्यालको नमुना विद्यालयलाई अझै अग्रणी बनाउन सबैको साथ, सहयोग र समर्थन आवश्यक रहेको पनि प्रष्ट पारेका थिए । पठनपाठन उत्कृष्ट हुनुको साथै अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै अब्बल र अग्रणी रहेको विद्यालयको दावी छ ।

त्यसैगरी खेलकुदमा पनि पालिकाकै उत्कृष्ट रहेको र क्षत्रीय खेलाडी उत्पादन गर्न विद्यालयले महत्वपूर्ण भूमिका खेलेकोप्रति खुसी व्यक्त गरिएको थियो। विद्यालयका प्रधानाध्यापक विष्टले विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै महत्वपूर्ण योगदान गरेको बताइएको छ ।

उक्त वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिको थियो । त्यसैगरी विभिन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । त्यस्तै दलित छात्रवृत्ति कार्यक्रमको साथै अभिभावक सम्मान पनि गरिएको थियो । त्यसैगरी शिक्षकहरुलाई पनि सम्मान गरिएको जनाइएको छ । अन्त्यमा विद्यालयको आयव्ययको विवरण पनि प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा प्रस्तुतिसँगै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ६ : ५९ बजे