१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

वीर अस्पतालले बुझाउने भयो बहाल कर



काठमाडौं ।वीर अस्पतालले साउनदेखिको बाँकी घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै साउन देखिको बहाल कर महानगरपालिकालाई बुझाउने जानकारी दिएको छ।

अस्पतालले यसअघि राजस्व कार्यालयमा बुझाउँदै आएको कर अब महानगरपालिकालाई बुझाउन लागेको हो। केही समयअघि महानगरपालिकाले कर बहाल कर तिर्न ताकेता गरेको थियो। अस्पतालको स्वामित्वमा रहेका विभिन्न घर टहराहरूलाई बहालमा लगाइएको र सोबापत प्राप्त हुने रकमको १० प्रतिशत साउन १ देखिको कर महानगरलाई तिर्न लागेको हो।

असार मसान्तसम्मको कर आन्तरिक राजश्व कार्यालय ठमेलमार्फत सम्पूर्ण रकम जम्मा गरिसकिएको र यस चालु आर्थिक वर्षको श्रावण १ गतेदेखि प्राप्त हुने रकम महानगरपालिकामा तिर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ३ : १६ बजे