चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

काठमाडौँका सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाही



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाउने जनाएको हो ।

अब सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न पाइने छैन । सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : ०३ बजे