चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

अभिनेत्री करिश्मा मानन्धर एमाले संस्कृति विभाग सदस्यमा मनोनित



काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् ।

गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । सो विभागका प्रमुख रघुजी पन्तका अनुसार सचिवमा राजेश थापा मनोनित भएका छन् ।

मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले बताए । दशौं महाधिवेशन पछाडि एमालेको विभागीय सदस्यको मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन् ।

करिश्माले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएकी छन् । ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो,’ उनको भनाइ छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ३१ बजे