कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

निर्वाचन आयोगले बोलायो १२ दलका प्रतिनिधि



काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले आज मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ४१ बजे