माघ ११, २०८१ शुक्रबार Fri Jan 24 2025

कांग्रेस कैलाली क्षेत्र नम्बर २ द्वारा डा. जितेन्द्र उपाध्यायको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेसले कैलाली–२ बाट प्रतिनिधिसभा समानुपातिकको सूचीमा डा. जितेन्द्र उपाध्यायको नाम सिफारिस गरेको छ ।

नेपाली जनसम्पर्क समिति क्यानडाका उपसभापति एवं कांग्रेस महासमिति सदस्यसमेत रहेका उपाध्यायको नाम समानुपातिकतर्फ सिफारिस गरिएको गरेको हो। क्यानडामा विश्वविद्यालयमा अध्यापन गराउँदै आएका उपाध्याय युवा बैज्ञानिकसमेत हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिका विषयमा चासो राख्ने बौद्धिक युवा नेता उपाध्यायको नाम संघीय संसदको समानुपातिक सूचीमा राखिएको छ । उनीसहित कैलाली–२ बाट जनकबहादुर बम, रीता मुडभरी, सुमन सञ्जेल, बलबहादुर विष्ट र लोकबहादुर महतोको नाम प्रदेशमा पठाइएको कैलाली कांग्रेसले जनाएको छ ।

युवा बैज्ञानिक उपाध्याय हालै विश्व जेसिसको सूचीमा १०० बढी मुलुकका २०० युवामध्येबाट उत्कृष्ट ३० युवामा छनोट भएका थिए ।

नेपाली जनसम्पर्क समिति क्यानाडाका अध्यक्ष बुद्धिप्रकाश वलीले उपाध्याय संघीय संसदमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकोमा खुसी व्यक्त गरे । उनले युवा नेता उपाध्यायको नाम समानुपातिकको बन्द सूचीमा राख्न पनि कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ५२ बजे