चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

प्रदेशसभा समानुपातिकका लागि मतपत्र छपाइ सुरु



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् ।

प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् । उनले प्रदेशसभा समानुपातिकका लागि उम्मेदवार दिने दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्नका लागि समय अभाव हुने भएकाले दर्ता भएका दलहरूको चुनाव चिह्न राखेर मतपत्र छपाइको कार्य सुरु भएको बताए । प्रत्येक प्रदेश अनुसार फरक९फरक मतपत्र छपाइ हुने उनले बताए । जुन प्रदेशमा जति दलहरूले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन् त्यति दलहरूको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको उनले बताए ।

प्रतिनिधिसभा समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र भने उम्मेदवार तय भएपछि मात्रै मतपत्र छपाइको काम सुरु हुने थपलियाको भनाइ थियो ।

समितिले प्रदेशसभा र प्रतिनिधिसभामा महिला प्रतिनिधित्वको समानुपातिक सुनिश्चितता, समावेशी सुनिश्चितता, निर्वाचनको मितव्ययिता, आचारसंहिताको कार्यान्वयन र निर्वाचन पर्यवेक्षणका साथै निर्वाचनको तयारीबारेमा आयोग र राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ०७ बजे