बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

चुनावको मुखमा राप्रपाकी बागमती प्रदेशसभा सदस्य माझीले छोडिन् पार्टी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित रिता माझीले पार्टी छोडेकी छन् ।

राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी माझीले आइतबार विज्ञप्ति प्रकाशित गरी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सहित साधारण सदस्यतासमेत परित्याग गरेको जनाएकी छन् ।

‘भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरि निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु’ उनले विज्ञप्तिमा भनेकी छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : १८ बजे