चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

एसएस फाउण्डेशनद्वारा विद्यार्थीहरूलाई झोला वितरण



काठमाडौं । सुवर्णसमशेर जबरा (एसएस) फाउण्डेशनले दोलखाका तीन वटा विद्यालयहरूलाई झोला वितरण गरेको छ । फाउण्डेशनले काठमाडौंमा शनिवार एक कार्यक्रम गरी दोलखाको त्रिपुरासुन्दरी ताम्रापालिका र तिखातल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरेको हो ।

फाउण्डेशनले विभिन्न समयमा विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्दै आएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फाउण्डेशनको उद्देश्य असहाय विद्यार्थीहरू पढाइबाट वञ्चित नहोउन् भन्ने रहेको बताए । उनले शैक्षिक सामग्रीहरूका साथै दैवी प्रकोपको बेलामा फाउण्डेशनले दैवी प्रकोप उद्धारका सामानहरू वितरण गरिरहेको बताए । संस्थाले विद्यार्थीहरूको शैक्षिक भविष्यलाई ठूलो सहयोग पुर्‍याइरहेको पनि उनले बताएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : १६ बजे