दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या ५ पुगेको छ । शुक्रबारदेखि परेको अविरल परेको वर्षाका कारण गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो ।
जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा पहिराले १५ घर बगाएको छ भने ४ जना अझै बेपत्ता छन् ।
यसैगरी महानकाली नगरपालिका २, मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा मृत भेटिएका छन् । यसैगरी नौगाड गाउँपालिका २, दललेखमा ६८ वर्षीय मोहनराज पार्की आफ्नै घरले थिचेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी, नौगाड २ सल्लामा ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना खोला किनारमा मृत भेटिएका छन्। यस्तै महानकाली नगरपालिकामा एउटा बेवारिसे शव भेटिएको छ ।