बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

गोकर्णेश्वरबाट जुवातास खेल्दै गरेको अवस्थामा २२ जुवाडे पक्राउ



२४ भदौ, काठमाडौं । प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा गोकर्णेश्वरबाट २२ जनालाई नियन्त्रणमा लिएको छ । गोकर्णेश्वर नगरपालिका(७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत २२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : २० बजे