बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

एमालेका हावादारी गफ अब जनताले नपत्याउँने रामकुमारी झाँक्रीको निष्कर्ष



काठमाडौं । ‘एमालेका हावादारी गफ अब जनताले पत्याउँदैनन्, भोट हामीलाई खन्याउछ्न्,’ झाँक्री
ले भनिन् । नेकपा (एकृकीत समाजावादी)की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले पार्टी नभएर एजेन्डा हेरेर मत दिने बताएकी छन। रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा नेतृ झाँक्रीले एमालेका पानीजहाज, रेलजस्ता हावादारी गफमा जनता नअल्मलिने जिकिर गरिन् ।

स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने उनको भनाइ छ। उनले मुलकको हितका लागि दीर्घकालीन नीति र एजेन्डा स्थापना गर्नुपर्ने र त्यसका लागि गठबन्धन आवश्यक रहेको पनि बताइन्।

विकास समृद्धि लागि विश्वसका थुपै मुलुकले पनि गठबन्धन प्रक्रिया अँगालेको उल्लेख गर्दै उनले नेपालमा पनि देश र जनताको हित सफल हुने दाबी गरिन्।

साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने बताए।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १० : ३९ बजे