बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

भारत र बङ्गलादेशबीच सात सम्झौतामा हस्ताक्षर



नयाँ दिल्ली । भारत र बङ्गलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएकी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे पुल र थुप्रै रेल लाइन परियोजनाहरू सहित विभिन्न परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन पनि गरेका छन् ।

भारतीय विदेश सचिव विनय क्वात्राले पत्रकारहरूलाई प्रधानमन्त्रीद्वय मोदी र हसिनाले जल, व्यापार, आर्थिक सम्बन्ध र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय विषयमा छलफल गरेको बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ३० बजे