बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात



काठमाडौँ । साविक विजेता रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियलले स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३–० को जित दर्ता गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे ।

यो जितसँगै रियलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । सेल्टिकले भने अंकको खाता खोल्न सकेको छैन । समूहकै अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले बुण्डेसलिगा क्लब आरबी लाइप्जिगलाई उसकै मैदानमा ४–१ को विजयी सुरुवात गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : २७ बजे