चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक



काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको विधेयक जस्ताको तस्तै पारित गरेर सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमै पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने सन्देशसहित साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्। उक्त विधेयक प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेपछि राष्ट्रियसभामा पुग्यो । राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाए पनि पर्याप्त छलफल नै हुन नपाई भदौ १७ गते सो विधेयक जस्ताको तस्तै पुनः पारित भयो ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसदबाट प्रस्तुत रूपमा (जस्ताको तस्तै) वा संशोधन सहित पारित गर्नसक्छ । पुनर्विचार गर्नैपर्छ भन्ने बाध्यकारी छैन । संघीय संसद्‍बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ३८ बजे