३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

गाउँपालिका अध्यक्षकी श्रीमतीले भान्छे पदबाट दिइन् राजीनामा



अछाम । अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो।

‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरञ्जित गरी जनस्तराबाटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख छ।

साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक पनि फिर्ता गरेकी छन्। ३१ हजार छ सय ३० रुपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्। अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ३० बजे