चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मुख्यमन्त्री राईले भने – माफ पाउँ आमा ! हजुरले जस्तो बचाउन सकिएन !



काठमाडौँ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईकी आमा धनमाया राईको सोमबार निधन भयो । विगत केही दिनयता विराटनगरस्थित मोरङ सहकारी अस्पताल उपचाररत उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

यसपछि मुख्यमन्त्री राईले आमाले जस्तो आफूले आमालाई बचाउन नसकेको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन्— माफ पाउँ आमा ! हजुरले जस्तो बचाउन सकिएन !

उनको सचिवालयकाअनुसार दिवंगत राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अंतिम संस्कारको लागि आजै भोजपुर लाने तयारी छ । धनकुमारीको निधनप्रति मुख्यमन्त्री राई सम्बद्ध दल एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरूले श्रद्धाञ्जली दिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : १६ बजे