बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

युवा नेता राजेन्द्र अर्याल गुल्मी क्षेत्र नं. २ बाट सिफारिस



काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्र अर्याल संघीय निर्वाचनको लागि सिफारिस भएका छन् । अर्याललाई नेकपा एमालेले गुल्मी क्षेत्र नं। २ बाट संघीय निर्वाचनको लागि सिफारिस गरेको हो । गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पूर्व अध्यक्ष अर्याल एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।

त्यसैगरी उनी न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष पनि भइसकेका छन् । पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका अर्याल कुसल संगठक र जुझारु युवा नेता भनेर चिनिन्छन् । सधैं दबाब, प्रभाव र प्रलोभनमा नपरी निष्पक्ष र स्वतन्त्र कलम चलाउँदै आएका अर्याल निडर पत्रकारका रुपमा स्थापित छन् ।

पत्रकारितासँगै समाजसेवामार्पmत जनतालाई सहयोग गर्दै आएका उनी इमानदार नेता र स्पष्ट वक्ता हुन् । समाजमा हुने गरेका विकृति, विसंगतिविरुद्ध खरो रुपमा कलम चलाउने अर्याल निडर र न्यायप्रेमी पत्रकारका ठानिन्छन् । पत्रकारिताको राजनीतिबाट पार्टी राजनीतिमा स्थापित उनी निश्कलंकित युवा नेतामा गनिन्छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ४० बजे