चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

निर्वाचनको तयारीमा सहयोग गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा यसको तयारीका लािग सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन् ।

उनले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाए । ऐनको सन्र्दभमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राखे ।
उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए ।

त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनिय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए ।

कार्यक्रममा कर्मचारीहरुले आफुहरुको बृतिबिकासका लागि अन्य बिषयमा सरकारले बिशेया ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै केही व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३४ बजे