बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

७ दिनभित्र कर बुझाउन क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न म्याद दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न भनेको हो ।

महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् ।

‘आर्थिक वर्ष २०७५र७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ ९सात० दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ ’, पत्रमा भनिएको छ ।

यसअघि पनि महानगरले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक(पटक ताकेता गरेको थियो । उक्त ताकेताको बेवास्ता गरेपछि म्यारियट, अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३० बजे