काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवा पाँच जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सिफारिस भएकी छन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली ५ र डडेल्धुरा, लुम्बिनी प्रदेशको बाँके ३ र बर्दिया २ तथा गण्डकी प्रदेशको बागलुङ २ बाट उनको नाम सिफारिस भएको हो ।
कांग्रेसमा धेरै जिल्लाबाट प्रतिनिधिसभाको लागि नाम सिफारिस हुनेमा आरजु परेकी हुन् । गठबन्धनका केही नेतालाई एक क्षेत्रमा पनि सिट सुरक्षित गर्न सकस भइरहेको बेला आरजु भने तीन प्रदेशका पाँच जिल्लाको सिफारिसमा परेकी हुन् ।
पाँच क्षेत्रमध्ये कुन क्षेत्रबाट लड्ने भनेर राणाले आधिकारिक रुपमा घोषणा गरिसकेकी छैनन् ।