चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

आङ सान सुकीलाई थप तीन वर्ष जेल सजाय



काठमाडौँ । म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

एक सैन्य अदालतले नोभेम्बर २०२० को आम चुनावमा सुकीलाई ठगी गरेको आरोपमा दोषी ठहर गरेको हो । उक्त निर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो ।

बिबिसीका अनुसार पछिल्लो सजायसहित सुकीलाई हालसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय भइसकेको छ । त्यस्तै उनीविरुद्ध धेरै मुद्दा विचाराधीन रहेका छन् । तर, सुकीले सबै आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरूले पनि उनीविरुद्ध चलिरहेको मुद्दाको आलोचना गरेका छन् र उनी राजनीतिक रूपमा प्रभावित भएका छन् ।

यदि सुकी सबै मुद्दामा दोषी ठहरिएमा उनको कुल सजाय २०० वर्षसम्म हुन सक्ने बताइएको छ ।

नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीले आफ्नो जीवनको अधिकांश समय हिरासतमा बिताएकी छन् र उनी घरमै नजरबन्दमा छन् ।

सञ्चारमाध्यम र आम जनतालाई सुनुवाइबारे कुनै जानकारी छैन । यसैबीच सेनाले उनका वकिललाई पत्रकारसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : ०१ बजे