चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

कोरोनाबाट थप २०६ जना संक्रमित, ३ जनाको मृत्यु



काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार २८६९ जनामा परीक्षण गर्दा २०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १५९५ नमुनाको पीसीआर परीक्षण गर्दा १३४ जनामा र १२७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ४ : ५८ बजे