बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

धनकुटाबाट सुनिल थापा सर्वसम्मत सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेका थापालाई कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।

तत्कालीन राप्रपाका नेता थापालाई २०७४ निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो । तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाको तर्फबाट धनकुटा २ बाट निर्वाचित भएका थिए ।

उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा वाणिज्य तथा आपूर्ति र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए । राप्रपाको राजनीति त्यागेर उनी २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : २१ बजे