चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

एमाले नेता रतन थापा नागरिक उनमुक्ती पार्टी प्रबेश



काठमाडौं । नेकपा एमाले कैलालीको कारबाहीमा परेका एमाले कैलालीका पुर्व अध्यक्ष रतन थापा नागरिक उनमुक्ती पार्टीमा प्रबेश गरेका छन ।

बिहीबार बिहान पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ संगको बैठक पछि टिका ग्रहण गर्दै थापाले पार्टी प्रबेश गरेका हुन ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका थापालाइ नेकपा एमालेले असार १४ गते स्थानिय निर्वाचनमा असहयोग गरेको आरोपमा कारबाही गरेको थियो ।

यस्तै पुर्व सांसद हिमाञ्चल भट्टराई, तुलाराम थापा, दुजराम थारु नेपाली कांग्रेस बाट जन्मजय भट्टराई,पतिराम थारु लगायतका दर्जनौ नेता कार्यकर्ता हरु नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : ०१ बजे