काठमाडौं । नेकपा एमाले कैलालीको कारबाहीमा परेका एमाले कैलालीका पुर्व अध्यक्ष रतन थापा नागरिक उनमुक्ती पार्टीमा प्रबेश गरेका छन ।
बिहीबार बिहान पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ संगको बैठक पछि टिका ग्रहण गर्दै थापाले पार्टी प्रबेश गरेका हुन ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका थापालाइ नेकपा एमालेले असार १४ गते स्थानिय निर्वाचनमा असहयोग गरेको आरोपमा कारबाही गरेको थियो ।
यस्तै पुर्व सांसद हिमाञ्चल भट्टराई, तुलाराम थापा, दुजराम थारु नेपाली कांग्रेस बाट जन्मजय भट्टराई,पतिराम थारु लगायतका दर्जनौ नेता कार्यकर्ता हरु नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गरेका छन् ।
![](https://i0.wp.com/palikasamaya.com/wp-content/uploads/2022/09/bigyapti3-1.webp?resize=720%2C428&ssl=1)